डेंगु संक्रमित

देशभर डेंगु संक्रमितको संख्या पाँच हजार नाघ्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १५, शनिबार (७ महिना अघि)
  • ५८ पटक पढिएको
देशभर डेंगु संक्रमितको संख्या पाँच हजार नाघ्यो

भाद्र १५, काठमाडौँ । देशभर डेंगु संक्रमितको संख्या पाँच हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो जानकारीअनुसार डेंगु रोगको संक्रमण हुम्ला र मुस्ताङबाहेकका ७५ जिल्लामा फैलिएको छ ।

तीन जनाको डेंगु रोगको संक्रमणका कारण मृत्यु भइसकेको महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिएका थिए । डेंगु सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाकाअनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार चार सय ४० जनामा संक्रमण पुष्टि भएको छ । कोशी प्रदेशमा सात सय ४९, मधेशमा ८६, बागमतीमा एक हजार ४८६, लुम्बिनी चार सय १८, कर्णालीमा ७६ र सुदूरपश्चिम प्रदेशमा ३३४ जनामा संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लामा ४६६, भक्तपुरमा ६२ र ललितपुर ८८ जनामा डेंगु संक्रमण पुष्टि भएको डा दाहालले जानकारी दिए ।

#डेंगु संक्रमित

 

ताजा अपडेट

खोजी गर्नुहोस