कालिमाटी बजारमा आज : तरकारीको मूल्य कति ? (सुचिसहित)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र १६, आईतबार (७ महिना अघि)
  • ६५ पटक पढिएको
कालिमाटी बजारमा आज : तरकारीको मूल्य कति ? (सुचिसहित)

भाद्र १६, काठमाण्डौँ ।  कालीमाटी बजारमा आइतबार अघिल्लो दिनको तुलनामा तने बोडी, मुला, घिउ सिमी लगात तरकारी भाउ बढेको छ ।

ब्रोकाउली, भिण्डी, चिचिण्डो, तिते करेला, डल्लो भन्टा भने सस्तिएको छ । कालीमाटी बजारमा प्याजको भाउ प्रतिकिलो १२८ रुपैयाँ छ । प्याज एक सातामा प्रतिकिलो २३ रुपैयाँ बढेको छ । भदौ ९ गते प्याज प्रतिकिलो अधिकतम १०५ रुपैयाँमा कारोबार भएको थियो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ६०, भारतीय ठूलो गोलभेँडा ७०, सानो स्थानीय गोलभेँडा २६ रुपैयाँ छ ।

कालीमाटीमा रातो आलु प्रतिकिलो ७२, बन्दा ७०, गाजर ११०, स्थानीय काउली १२०, सेतो मुला ३०, लाम्चो भन्टा ४०, डल्लो भन्टा ५०, तने बोडी ९०, मकै बोडी ८०, टाटे सिमी १२०, तिते करेला ८०, लौका ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । परवर ६०, घिरौंला ६०, चिचिण्डो ४०, भिण्डी ४०, स्कुस ३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

त्यस्तै कन्य च्याउ २००, डल्ले च्याउ ४८०, कुरिलो ४५०, न्युरो ९० तथा ब्रोकाउली २२० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस