कोरोना बीमा

कोरोना बीमाको दायित्वबाट किन पन्छिँदैछ सरकार ? भुक्तानी नपाएपछि सर्वोच्चमा मुद्दा !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र १६, आईतबार (७ महिना अघि)
  • ८० पटक पढिएको
कोरोना बीमाको दायित्वबाट किन पन्छिँदैछ सरकार ? भुक्तानी नपाएपछि सर्वोच्चमा मुद्दा !

भाद्र १६, काठमाडौँ । नेपाल बीमक संघले कोरोना बीमाको पैसा माग्दै सरकार विरुद्ध मुद्दा हाल्ने भएका भएको छ ।
सरकारले प्रतिवद्धता अनुसारको रकम भुक्तानी नदिएपछि बीमक संघले सरकार विरुद्ध मुद्दा हाल्ने तयारी गरेको हो । कोरोना बीमाको ११ अर्ब रुपैयाँ बरारबको भुक्तानी हुन बाँकी छ ।

तर, सरकारले पूर्व प्रतिवद्धता अनुसारको रकम नदिएपछि बीमक संघले मुद्दा हाल्ने तयारी गरेको हो । ‘सरकारले कोरोना बीमा अन्तर्गतको रकम भुक्तानी दिएको छैन । सो पैसा माग गर्दै मुद्दा हाल्ने तयारीमा छौं’, संघका एक पदाधिकारीले भने,‘कोरोना बीमाको रकम लिन आइतबार मुद्दा हाल्ने तयारी भई सकेको छ।’। उनका अनुसार संघ सबै पदाधिकारी तथा सदस्यहरुले रिट निवेदनमा हस्ताक्षर समेत गरिसकेका छन् ।

कोरोना कालमा सरकारले साढे ३ अर्ब बढीको दायित्व सृजना भएको खण्डमा सरकारले व्यहोर्ने जनाएको छ । तर, सोही सर्त अनुसार भुक्तानी नपाएपछि अदालतको साहारा लिन खोजिएको ती अधिकारीले बताए । सरकारले कोरोना बीमाको रकम नदिँदा समग्र बीमा क्षेत्रमा नै प्रभाव परिरहेको बीमक संघले जनाएको छ ।

#कोरोना बीमा

ताजा अपडेट

खोजी गर्नुहोस