नाडा अटो शो २०२४ सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र १७, सोमबार (७ महिना अघि)
  • ८२ पटक पढिएको
नाडा अटो शो २०२४ सम्पन्न

भाद्र १७, काठमाण्डौँ । टाटा डटइभिद्धारा प्रायोजित नाडा अटो शो २०२४ आज भदौ १६ गते आइतबार काठमाण्डौ भृकुटी मण्डपमा सम्पन्न भएको छ । माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेलज्यूबाट शुभारम्भ भएकोे यस १६ संस्करणको नाडा अटो शो २०२४ मा ८२ हजार ४७० दर्शकहरुले अबलोकन गरेका छन् ।

निकै ब्यवस्थित रुपमा सञ्चालित यस प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरुका कारण यो प्रदर्शनी गत बर्षहरुमा भन्दा निकै भब्य रुपमा सम्पन्न भएको छ । थुप्रै नयाँ ब्रान्डका विद्युतिय सवारी साधनहरुको सहभागिताका कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो । यो अटो शो बिगतमा भन्दा निकै भब्य र बृहत भएको अबलोकनकर्ताहरुले समेत टिप्पणी गरेका छन् । अत्यन्तै सुस्ताइरहेको अटोमोवाइल व्यवसायका बावजुद पनि आयोजना गरिएको यो अटो शो ले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध भएको छ ।

यस पटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मेहनत गरेको देखिन्छ । त्यसैगरी यो प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल सि.जि मोेटर्स प्रालि रीडराले जितेको छ र उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल ब्रैैद्य इनर्जि प्रा.लि अथेरले जितेको छ । त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड एम.ए.डब्लुु प्र्रालि सोकोनले जितेको छ । यसैगरी वेष्ट कम्पोनेण्टको पुरस्कार सत्यदिप इण्टरनेशनल प्रा.लि भिडोलले जितेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस