गण्डकीमा फुटाइयो मन्त्रालय, अब एमाले पनि सरकारमा जाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र १७, सोमबार (७ महिना अघि)
  • ९२ पटक पढिएको
गण्डकीमा फुटाइयो मन्त्रालय, अब एमाले पनि सरकारमा जाने

भाद्र १७, काठमाण्डौँ ।  गण्डकी प्रदेशमा मन्त्रालय फुटाएर नौं वटा बनाइएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

वन, वातावरण तथा उद्योग पर्यटन मन्त्रालयमा पहिलेदेखि नै दुईवटा संगठन संरचना थियो । त्यस्तै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा पनि दुईवटा संगठन संरचना थिए । कांग्रेस–एमालेबीच ९ वटा मन्त्रालय बनाउने सहमति भएपछि ती मन्त्रालय विभाजन गरिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस