भाद्र १७,काठमाडौँ । सन् २०२४ को अगष्टमा हवाई मार्गबाट झन्डै साढे ७२ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् जुन गत वर्षको सोही महिनाको तुलनामा ८ दशलब २९ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार अगस्टमा नेपालमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमन सन् २०२३ को सोही अवधिमा ६७ हजार १५३ पर्यटक आएका थिए ।
नेपाल भित्रिएका पर्यटकमा गत महिना अगस्टमा सबैभन्दा बढी भारतीय आएका छन् । भारतबाट नेपालमा २५ हजार ८३२ पर्यटक आएका छन भने त्यसपछि धेरै पर्यटन आउने देशमा चीन रहेको छ। चीनबाट अगस्टमा ६ हजार ६१४ जना पर्यटक नेपाल आएका छन् । नेपालमा धेरै पर्यटक आउने तेस्रो स्रोत गन्तव्यमा युएसए रहेको छ । युएसएबाट अगष्टमा ५ हजार ६ सय १४ जना पर्यटक नेपाल आएका छन् भने श्रीलंकाबाट ४ हजार ८ सय ५१ जना र बंगलादेशबाट ३ हजार ७७ जना पर्यटक नेपाल आएका छन् । नेपालमा धेरै पर्यटक आउने टप फाइभ स्रोत गन्तव्यमा ४ गन्तव्य एसियाकै रहेको छ भने त्यसमध्ये पनि ३ वटा गन्तव्य देश त दक्षिण एसियाली राष्ट्रहरु नै रहेका छन् ।
नेपाल भित्रने पर्यटकमा सन् २०२३ को अगस्टमा सार्क मुलुकबाट ३५ हजार आएका छन । सार्कका अन्य मुलुकबाट १२ हजार आएका थिए । गत महिना युरोपबाट आउने पर्यटकको संख्या ९ हजार ९ सय रहेको छ भने अमेरिकी मुलुबाट आउनेको संख्या ६ हजार ३ सय छ । गत महिना मध्यपूर्वी मुलकबाट आउनेको संख्या ५ सय मात्रै छ ।
पछिल्लो ८ महिनामा नेपालमा ७ लाख २० हजार पर्यटक भित्रिएको छन् । यस्तो पर्यटक आगमन सन् २०२३ को सोही अवधिको तुलनामा १ लाख १९ हजारले बढी हो । गत वर्ष सन् २०२३ मा ६ लाख १ हजार ३५९ पर्यटक नेपाल आएका थिए । अगष्टमा फ्रान्स, नेदरल्यान्ड, बंगलादेश, भारत, पाकिस्तान जस्ता देशहरुबाट आएका पर्यटकहरुको संख्या गत वर्षको सोही महिनाको भन्दा गिरावट आएको छ।