एमाले नेताको टोली देउवा निवासमा, नदी किनारका संरचनाका विषयमा छलफल

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ भाद्र १९, बुधबार (७ महिना अघि)
  • ६३ पटक पढिएको
एमाले नेताको टोली देउवा निवासमा, नदी किनारका संरचनाका विषयमा छलफल


भाद्र १९, काठमाण्डौँ ।
नेकपा एमाले काठमाडौंका नेताहरूले आज (मंगलबार) साँझ सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

एमाले वागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई नेतृत्वको टोलीले देउवालाई उनकै निवास बुढानीलकण्ठमा भेटेर नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगर पालिकाका मेयरले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यान आकर्षण  गराएको हो ।

सो क्रममा देउवाले अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानुपर्ने विषयमा सहमति जनाएको बताइएको छ । उनले कानुन मन्त्रीलाई छिटो भन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन पनि दिएको नेताहरु बताउँछन् । टोलीमा भट्टराईसँगै नेकपा एमाले काठमाडौं जिल्ला ईञ्चार्ज आनन्द पोखरेल, काठमाडौं जिल्लाका अध्यक्ष दीपक निरौला लगायत सहभागी थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस