सुनचाँदी

नेपाली बजारमा सुनको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र १९, बुधबार (७ महिना अघि)
  • ८१ पटक पढिएको
नेपाली बजारमा सुनको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

भाद्र १९, काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

बुधबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार र मंगलबार पनि सुनको मूल्य १ लाख ५२ हजारमै कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको २० रुपैयाँले घटेर १७५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस