पशुपतिमा हरितालिका तीज पर्वको रौनक {फोटो फिचर}

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८१ भाद्र २१, शुक्रबार (७ महिना अघि)
  • ७१ पटक पढिएको
पशुपतिमा हरितालिका तीज पर्वको रौनक {फोटो फिचर}

भाद्र २१, काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि पूजा तथा दर्शन गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । भक्तजनहरुले झरीको प्रवाह नगरी तीज मनाइरहेका छन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा छाता ओढ्दै पूजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस