विनिमय दर

के तपाईं विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? थाहा पाउनुस् शुक्रबारको सटही दर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र २१, शुक्रबार (७ महिना अघि)
  • ७५ पटक पढिएको
के तपाईं विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? थाहा पाउनुस् शुक्रबारको सटही दर

भाद्र २१, काठमाडौँ । बिहीबारको तुलनामा आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६८ पैसा रहेको छ । बिहीबार यस मुद्राको एकको खरिदर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा थियो ।

त्यसैगरी बिहीबार युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८२ पैसा कायम भएको थियो भने आज एकको खरिदर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा कायम भएको छ । बिहीबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५९ पैसा रहेको थियो भने आज एकको खरिददर एक सय ७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ १८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २४ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ०३ र बिक्रीदर एक सय तीन रुपैयाँ ४९ पैसा कायम भएको छ ।

#विनिमय दर

ताजा अपडेट

खोजी गर्नुहोस