विनिमय दर

के तपाईं विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? थाहा पाउनुस् शनिबारको सटही दर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र २२, शनिबार (७ महिना अघि)
  • ७६ पटक पढिएको
के तपाईं विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? थाहा पाउनुस् शनिबारको सटही दर

भाद्र २२, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ । आज अस्ट्रेलियन डलर, मलेसियन रिङ्गेटसहित केही विदेशी मुद्राको मूल्य बढ्दा अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहितका धेरै मुद्रा सस्तिएका छन् ।

आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६२ पैसा छ। हिजो अहिलेसम्मकै सर्वाधिक महँगो भएको अमेरिकी डलरको मूल्य आज घटेको हो ।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६८ पैसा थियो । त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा कायम भएको छ।त्यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ ।

#विनिमय दर

ताजा अपडेट

खोजी गर्नुहोस