एकीकृत समाजवादीका अध्यक्ष नेपाल स्वदेश फिर्ता

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ भाद्र २२, शनिबार (७ महिना अघि)
  • ६६ पटक पढिएको
एकीकृत समाजवादीका अध्यक्ष नेपाल स्वदेश फिर्ता

भाद्र २२, काठमाण्डौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मित्रराष्ट्र रुसको भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फिर्ता भएका छन् । उनलाई स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

रुसमा आयोजित ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी भदौ १६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

यही भदौ १८ देखि २१ गतेसम्म सञ्चालन भएको सम्मेलनमा अध्यक्ष नेपालले साउथ एसियन इकोनोमिक फोरमको समूहगत छलफलमा भाग लिएका थिए। त्यस अवसरमा अध्यक्ष नेपालले चीन, रुसलगायत विभिन्न देशका कम्युनिष्ट नेताहरूसँग भेटघाट तथा आपसी हितका बारेमा छलफल गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस