वैशाखदेखि दैलेख र पाल्पाका पेट्रोलियम खानी उत्खनन हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ फागुन २८, मंगलबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फागुन २८, काठमाडौँ । चीनको अनुदान सहयोगमा दैलेख र पाल्पाका पेट्रोलियम खानीको उत्खनन हुने भएको छ । २ वर्षभित्र सक्ने गरी चाइना जिओलजिकल सर्भे कम्पनीले वैशाख १८ देखि काम थाल्ने भएको हो ।

चीनले २ अर्ब ४० करोड रुपैयाा लगानीमा २ अर्ब वर्षभित्र उत्खनन गरी सरकारलाई खानी हस्तान्तरण गर्ने खानी तथा भूगर्भ विभाग स्रोतले जानकारी दिएको छ ।

एक वर्षअघि चिनियाँ टोली दैलेख पुगेर खानी अध्ययन गरी तयार पारेको परियोजनाको विशेष प्रतिवेदन आइतबार प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ । खानी तथा भूगभए विभागको महानिर्देशक डा.सोमनाथ सापकोटाको नेतृत्वमा फागुन १२–१७ चीन पुगेर चाइना जिओलजिकल सर्भेका प्रतिनिधिसँग उत्खननसम्बन्धमा छलफल गरी काम सुरु गर्ने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस