फागुन २८, इलाम । इलाम सदरमुकाम इलाम बजारमा जारी माईभ्याली गोल्डकप प्रतियोगिताअन्तर्गत मंगलबार विभागीय टिम नेपाल पुलिस क्लबले भारतको युनाइटेड दार्जिलिङ क्लबसँग प्रतिस्पर्धा गर्दैछ।
दार्जिलिङ आयोजक माईभ्याली फुटबल क्लब, इलामलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो।
प्रतियोगिताको सोमबार भएको खेलमा ए डिभिजन क्लब हिमाल शेर्पाले क्वाटर फाइनल प्रवेश गरेको छ।
उसले हङकङ नेप्लिज फुटबल एकाडेमीलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो। ७५ औँ मिनेटमा कप्तान मानबहादुर तामाङले गोल गरेपछि ५–१ गोल अन्तरले विजयी बन्दै हिमालयन शेर्पा क्वाटरफाइनल प्रवेश गरेको हो। सेमीफाइनल प्रवेशका लागि हिमालन शेर्पाले थ्रीस्टार क्लबको सामना गर्नेछ।