भियतनाम

भियतनाममा शक्तिशाली आँधीका कारण १ सय २७ जनाको ज्यान गयो, ५४ जना बेपत्ता

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ भाद्र २६, बुधबार (७ महिना अघि)
  • ८७ पटक पढिएको
भियतनाममा शक्तिशाली आँधीका कारण १ सय २७ जनाको ज्यान गयो, ५४ जना बेपत्ता

भाद्र २६, काठमाण्डौँ । उत्तरी भियतनाममा शक्तिशाली टाइफुन यागी आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय २७ जना पुगेको छ । गएको शनिवार आएको शक्तिशाली टाइफुन पछि भइरहेको ठूलो वर्षा, पहिरो र बाढीमा परी अरु ५४ जना हराइरहेका छन् ।

पछिल्लो ३० वर्षमा भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधीले देशको उत्तरी भागमा विनाश निम्त्याएको छ भने १५ लाख मानिसलाई बिजुलीविहीन बनाएको बीबीसीले जनाएको छ । पश्चिमतर्फ सर्ने क्रममा रहेको यागीले थप विनाश गर्ने त्यहाँका अधिकारीहरूले चेतावनी दिएका छन् । प्रतिघण्टा २ सय ३ किलोमिटरको वेगको यस आँधीबाट २ सय ४० भन्दा धेरै मानिसहरू घाइते बनेका छन् ।

#भियतनाम

ताजा अपडेट

खोजी गर्नुहोस