असार ४,काठमाडौँ । सरकारले असार महिना सकिएपछि विकेट ग्रामीण क्षेत्रबाहेकका शहरी तथा सुगम ग्रामीण क्षेत्रहरुमा एनालग केबल टेलिभिन बन्द गराउँदैछ । टेलिभिजन सेवालाई डिजिटलमा रुपान्तरण गर्न सरकारले अहिले सेवा प्रदायकलाई फटाफट अनुमति दिइरहेको छ ।
सूचना तथा सञ्चार मन्त्रालयका अनुसार फाइबर पुगेका सुगम क्षेत्रमा अब पूर्ण रुपमा केबल निषेध गरिनेछ । असार सकिएलगत्तै सरकारले उपत्यकाबाहिरका केबल टेलिभिजन बन्द गराउन टोली परिचालन गर्ने योजना बनाइएको छ ।
अब सेट–टप बक्स नजोडिएका टेलिभिजन बन्द हुने निश्चत छ । यसका लागि ग्राहकले बजारमा उपलब्ध विभिन्न प्रविधिका डिजिटल टेलिभिजन सेवाहरु लिन सक्छन् ।
ग्राहकसँग डिजिटलमा जाने विकल्प भएका स्थानमा अब एनागल टेलिभिजन चल्न नदिने मन्त्रालयका एक उच्च अधिकारीले बताए । यसअघि काठमाडौंमा दिइएको समयसीमा नाघेपछि एनगल केबल टेलिभिजनको लाइन काटिएको थियो ।
एमएसएओ र डिजिटल केबल
एमएसएओ र डिजिटल केबल यसअघिको एनागल केबलको आधुनिक प्रविधि हो । यो प्रविधिमा नै धेरैले अहिले आफ्नो टेलिभिजनको डिजिटाइजेसन गर्दैछन् ।
अहिलेसम्म मन्त्रालयले ११ वटा केबल टेलिभिजनले मल्टी सर्भिस अपरेटर (एमएसओ)को लाइसेन्स पाएका छन् । यिनीहरुले अन्य स्थानीय केबलहरुलाई पनि डिजिटल सिग्नल बेच्न सक्ने सञ्चार मन्त्रालयका केबल टेलिभिजन समन्वय महाशाखा इन्जिनियर अनिल भुजेलले बताए ।
यस्तो सेवा प्रदायकका रुपमा काठमाडौं इन्टिग्रेटेड डिजिटल (नेपाल केबल), सुबिसु केलब नेट प्रालि (क्लियर टिभी), सिम्पल मिडिया नेटवर्क (सिम टिभी), स्काइ केबल टिभी प्रालि (स्काइ टिभी) र कृतिदर्शन मिडिया प्रालि (कृति केबल)ले एमएसओको लाइसेन्स पाएका छन् ।
यस्तै डजिटल अप्टिकल इन्टरनेन्मेन्ट प्रालि (डीओईएन टिभी), डिभाइन स्ट्रिम नेटवर्क प्रालि (मेरो टिभी), कनेक्ट डिजिटल प्रालि (कनेक्ट), स्मार्ट डिजिटल टिभी प्रालि ९स्मार्ट डिजिटल०, डिजिटल मिडिया प्रो प्रालि र हाम्रो टिभी नेट प्रालि ९हाम्रो टिभी०ले पनि आफ्नो सञ्जालसँगै अन्य केबललाई पनि डिजिटल सिग्लन विक्री वितरण गर्न सक्छन् ।
अहिलेसम्म्म काठमाडौं र काठमाडौंबहारिका बरि ६० भन्दा बढी केबल टेलिभिजनहरुले आफूले एमएसओसँग मिलेर डिजिटलमा रुपान्तरण भएको जानकारी मन्त्रालयमा दिएका छन् । उपभोक्ताले एमएसओसँग फ्रेन्चाइजी गरेका केल अपरेटरसाग पनि सेवा लिन सक्छन् ।
यस्तो लाइसेन्स पाउन एक करोड रुपैयाँ खर्चिनुपर्ने र आफ्नो हेड(इन (कन्ट्रोल रुम)मा पनि डिजिटाइजेशन गर्नुपर्छ । त्यसका लागि ठूलो खर्च गर्नुपर्ने भएका कारण साना केबल टेलिभिजन सञ्चालकले यसको लागत बेहोर्न सक्दैनन् ।
ग्राहकले आफूले प्रयोग गरिरहेका केबल टेलिभिजन कम्पनीसँग सेट(टप बक्स लिएर यो सेवा प्रयोग गर्न सक्छन् । एमएसओहरुले पनि आफ्नो फाइबर पुगेका ठाउँमा आफूसँग जोडिएका केबल कम्पनीसँग मिलेर डिजिटल टेलिभिजन सेवा दिइरहेका छन् ।