विद्युत् बिक्री सम्झौता

नेपाल-बंगलादेश विद्युत् बिक्री सम्झौताको प्रक्रिया दसैं अघिनै सम्झौता गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र २६, बुधबार (७ महिना अघि)
  • ६६ पटक पढिएको
नेपाल-बंगलादेश विद्युत् बिक्री सम्झौताको प्रक्रिया दसैं अघिनै सम्झौता गर्ने

भाद्र २६, काठमाडौँ । बंगलादेशको राजनीतिक घटनाक्रमका कारण अन्योलमा परेको नेपाल बंगलादेश विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर गर्ने प्रक्रिया पुनः अघि बढेको छ । बंगलादेशको अन्तरीम सरकारले नेपालबाट विद्युत् किन्न सहमती जनाएपछि यस्तो सम्झौता पत्रमा हस्ताक्षर गर्ने गर्ने प्रक्रिया अघि बढेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतले सम्झौता पत्रमा हस्ताक्षर गर्ने गरी छलफल अघि बढेको बताए । यद्यपि, मिति टुंग्गो नलागेको उनले बताए । तर, दशैं अघि नै सम्झौता पत्रमा हस्ताक्षर गर्ने गरि छलफल भएको उनको भनाइ छ ।

#विद्युत् बिक्री सम्झौता

ताजा अपडेट

खोजी गर्नुहोस