सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र २६, बुधबार (७ महिना अघि)
  • ७२ पटक पढिएको
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

भाद्र २६, काठमाण्डौँ । नेपालमा अग्रणी जीवन बीमा कम्पनीको रुपमा सेवा दिदै आइरहेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अन्तरष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को सहकार्यमा देशका विभिन्न भागमा संचालन हुने “आधारभूत शिक्षा तथा साक्षरता” कार्यक्रम मार्फत पिछडिएका बर्गको साक्षरता अभिबृद्धि गर्ने उद्देश्यले सहयोग गर्न दुई संस्था बीच भदौ २३ गते सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।

उक्त सहमतिपत्रमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट संचालक समितिका अध्यक्ष श्री रतन लाल केडिया र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ को तर्फबाट अध्यक्ष श्री राजेन्द्र मान शेरचनले हस्ताक्षर गर्नुभएको थियो । सो कार्यक्रममा बीमा कम्पनीको तर्फबाट संचालक श्री भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत श्री शिवनाथ पाण्डे र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ तर्फबाट अन्य पधाधिकारीको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस