जन्ती बोकेको बस दुर्घटना : दुई जनाको ज्यान गयो, १८ घाइते

Post Thumbnail

फागुन २८,हेटौँडा । मकवानपुरको गढी गाउँपालिका वडा नम्बर –२, धरमपानीमा मंगलबार जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा काभ्रे पाँचखाल लामिडाँडा घर भएका ३५ वर्षीय नवराज परियार र नुवाकोट घर भएका २५ वर्षीय विकास धमला रहेकोे सशस्त्र प्रहरी गण हेटौंडाका डीएसपी अमर खत्रीले बताए ।

घाइते सबैको अहिले हेटौँडामा उपचार भैरहेको छ । घाइतेहरुमध्ये १२ जनाको हेटौँडाको चुरेहिल अस्पतालमा र ६ जनाको हेटौँडा अस्पतालमा उपचार भैरहेको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोक मार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२, धरमपानीमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको हो ।

भक्तपुरबाट सूर्यप्रसाद न्यौपानेको बिहेको जन्ती बोकेर हेटौंडा(५, पिप्लेमा दुलही अनुसा भट्टलाई लिनका लागि जन्ती आउने क्रममा बस दुर्घटनामा परेको थियो ।

जन्ती बोकेर आएको तीन वटा बसमध्ये सबैभन्दा पछाडिको बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै हिँडेको जिल्ला प्रहरी कार्यालयबाट डीएसपी यज्ञप्रसाद भट्टराईसहितको टोली घटनास्थल पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस