उच्च अंकको वृद्धिका साथ नेप्सेको पुनरागमन, कारोवार रकम कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र २७, बिहिबार (७ महिना अघि)
  • १०२ पटक पढिएको
उच्च अंकको वृद्धिका साथ नेप्सेको पुनरागमन, कारोवार रकम कति ?

भाद्र २७, काठमाण्डौँ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च नेप्सेमा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.९९ प्रतिशत अर्थात ७८.१७ अंकले बढेर २ हजार ६८८.३८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.८९ प्रतिशतले बढेर ४७६.४८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर ८ अर्ब १६ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज हाईड्रो समूह सर्वाधिक अर्थात ४.२४ प्रतिशतले बढ्यो । बैंकिङ समूह आज २.६६ प्रतिशत, विकास बैंक २.७०,वित्त ३.४०,होटल २.५०,लगानी ३.७२,जीवन बीमा ३.४६,उत्पादन तथा प्रशोधन २.१४,लघुवित्त १.५८,निर्जीवन बीमा २.०१,अन्य ३.८२ र व्यापार समूह ०.६३ प्रतिशतले बढ्यो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस