पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २८, शुक्रबार (७ महिना अघि)
  • ७५ पटक पढिएको
पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

भाद्र २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार पोखराबाट उनलाई पक्राउ गरिएको हो ।
उनले सञ्चालन गरेको दिया फार्मेसीबाट लागुऔषध बिक्री गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत साउन ३ गते लागुऔषधसहित पक्राउ परेका रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगर माथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मगरले उक्त औषधि दिया फार्मेसीबाट खरिद गरेको भनेर बयान दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस