चितवनमा दूध किसानले ७४ करोड रुपैयाँ भुक्तानी पाएनन्

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०८१ भाद्र २९, शनिबार (७ महिना अघि)
  • ७९ पटक पढिएको
चितवनमा दूध किसानले ७४ करोड रुपैयाँ भुक्तानी पाएनन्

भाद्र २९,काठमाडौँ । चितवनका दुग्ध उत्पादक किसानले ७४ करोड रुपैयाँभन्दा धेरै भुक्तानी पाएका छैनन् । गत फागुनदेखिको भुक्तानी बाँकी रहेको किसानहरुले बताएका छन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेकाअनुसार दुग्ध विकास संस्थानको मात्रै ३३ करोड रुपैयाँभन्दा धेरै भुक्तानी रोकिएको छ । जिल्लाका एक सय १५ सहकारी संस्थाले संस्थानसहित ४२ उद्योगलाई बिक्री गरेको दूधको भुक्तानी बाँकी रहेको हो ।

भुक्तानी माग गर्दै सङ्घले विभिन्न निकायमा पटक–पटक ध्यानाकर्षण गराउँदासमेत भुक्तानी नपाएको बगाले बताउनुहुन्छ । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ । त्यसमध्ये एक लाख ५१ हजार लिटर दूध जिल्ला बाहिर जाने गर्दछ ।

ताजा अपडेट

खोजी गर्नुहोस