दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालनमा आयो

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ भाद्र २९, शनिबार (७ महिना अघि)
  • १०३ पटक पढिएको
दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालनमा आयो

भाद्र २९,काठमाडौँ । अविरल वर्षासँगै खसेको पहिरोले दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालनमा आएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा गएको पहिरोले अवरुद्ध बनेको डडेल्धुरा डोटी जोड्ने राजमार्ग एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

भदौ २६ गते रातिदेखि २८ गतेसम्म परेको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले अवरुद्ध बनेको राजमार्ग शनिबार साढे १ बजेदेखि एकतर्फी सञ्चालन भएको हो । राजमार्ग सञ्चालन भएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटी,अछाम र बाजुराबाट तराई जाने र आउने यात्रु तथा सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस