मधेसमा जुन स्वायत्तताको कुरा उठिरहेको थियो, त्यो मुद्दा सिद्धियो : झलनाथ खनाल (अन्तर्वार्ता)

  • अनलाइन केन्द्र
  • / अन्तरवार्ता /
  • २०७५ फागुन २८, मंगलबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

नेकपा वरिष्ठ नेता झलनाथ खनालले सिके राउतको राजनितिक अवतरणको विषयमा कुटनीतिक भाषा प्रयोग गरेका छन। उनले भाषा के लेखिएको छ, भन्दा पनि सम्झौता महत्वपूर्ण भने । साथै, उनले तराई–मधेसमा अब स्वायत्तताको मुदा सकियो समेत भने ।उनले भने–यो एउटा सकारात्मक घटना हो, लामो समयदेखि तराई र पहाडलाई छुट्याउने एउटा षड्यन्त्र नेपालमा भइरहेको थियो ।

यो षड्यन्त्रसँगै सीके राउतको स्तन्त्र मधेस बनाउने, पृथक मधेस बनाउने, अलग राज्य बनाउने प्रयत्नहरु चलिरहेका थिए । यी प्रयत्नहरुलाई अब म समाप्त गर्छु, स्वतन्त्र मधेस बनाउँदिन, पृथकतावादलाई छोड्छु, म संविधानलाई मान्छु, शान्तिपूर्ण राजनीतिमा आउँछु, संवैधानिक प्रक्रियामा अगाडि बढ्छु भनेर उहाँले प्रतिवद्धता जनाएर आइसकेपछि यो चाहिने महत्वपूर्ण हो भन्ने मलाई लाग्छ । चन्द्र धामीले गरेको कुराकानी:-

० कसरी महत्वपूर्ण भन्दिनु न ?

–मैले अहिले भरखरै भनिसके ।

० अनि, यो जुन सम्झौता भयो, यो सम्झौताको भाषा ठीक छ ?

–सम्झौताको भाषा प्रधानमन्त्रीले मिलाउने हो, राम्रो भाषा मिलाइयो कि मिलाइएन, भन्ने कुरा बेग्लै कुरा हो । र, सम्झौता सकारात्मक कुरा हो ।

० न बोलिमा र न सम्झौतामा कतै पनि, विगतमा मैले गरेका गल्तीहरु ठीक थिएनन्, अब त्यो मेले त्यागे भन्ने कुरा कतै पनि उल्लेख गर्नु भएन (बोल्दा पनि, लेख्दा पनि) । यो कुरा त तपाइकै पार्टीको नेता भीम रावलले भनिरहनु भएको छ नी त ?

–उहाँले के उठाइरहनु भएको छ, त्यो बेग्लै कुरा हो । त्यो प्रसंगमा मैले अहिले केही पनि टिप्पणी गर्दिन ।

०उहाँ (सीके राउत)ले विगतमा गर्दै आएका जुन गतिविधि थिए, त्यसलाई मैले छोडे भन्ने खालको प्रतिवद्धता त कहिँ पनि आएन नि , अनि तपाई आफ्नो विचारले के भन्नु हुन्छ ?

–हामीलाई प्रधानमन्त्रीले देखाउनु भएको जुन लिखत थियो, त्यो लिखतको आधारमा भन्ने हो भने उनीहरुले हिजोदेखिका क्रियाकलापलाई छोड्ने कुरा छ ।

० अनि के, बाहिर आएको वक्तव्य अर्कै र भित्र अर्कै हो र ?

–बाहिर जे वक्तव्य आयो त्यो वक्तव्यमै ति कुराहरु छन् ।

० मधेसमा जुन स्वायत्तताको कुरा उठिरहेको थियो, त्यो मुद्दा के भयो त ? कसरी लिने यसलाई ?

–त्यो मुद्दा सिद्धियो ।

० छुट्टै स्वायत्त हुनु पर्छ र अलग्ग हुनुपर्छ भन्ने मुद्दा नै सकियो ?
–त्यो मुद्दा सिद्धियो नेपालमा ।

० तर, राजपा तपाइहरुको हातबाट फुत्केर गयो नि त ?

–त्यो बेग्लै प्रसंग हो नि, सरकारमा कोही आउँछ, कोही जान्छ, कोही फेरि पुनः आउँछ । यो बेग्लै प्रक्रिया हो नि ?

० ए, ए, नेपालको राजनीतिको चरित्र यही हो भन्नु पर्ने भो

–झण्डै झण्डै बहुमतको सरकार विद्यमान छ । यसमा कोही आउँछन् , कोही जान्छन् । त्यो ठूलो कुरा होइन ।

० ए, त्यो सामान्य कुरा पो ?

–सामान्य कुरा हो ।

० अनि उनीहरुले आन्दोलन छेडे भने, के हुन्छ ?

–आन्दोलन गरे भने त्यही बेलामा हुन्छ नि ।

० भनेको ?

–तपाइँलाई आन्दोलन चाहिया छ कि क्या हो ?

० हैन, फेरि बल प्रयोग होला, फेरि झडप होलान्, फेरि मान्छे मर्लान् । विगतमा पनि त मान्छे मरे नि ! होइन ?

–नेपालमा कानून छ, राज्य छ, त्यस ढंगले समाधान हुन्छ नि !

० के झगडा सकियो त ?

–झगडा त पहिले नै अन्त्य भइसक्यो । ०६३–०६३ को क्रान्तिमै समस्याहरु समाधान भइसके । त्यसका आधारमा हामीले संविधान बनाइसक्यौँ । नेपालमा राजनीतिक समस्याहरु समाधान भए । अब आउने कुनै पनि कुराहरु भनेको प्रशासनिक कुरा हो ।

० एक जना सीके राउत मूलधारको राजनीतिमा फर्कियो भन्दैमा सारा समस्या समाधान भइसके भन्न मिल्छ ?

–अब अरु कुनै वकवास गर्ने मान्छे निस्किएन भने समाधान भइसक्यो ।

० एउटाले त बम पड्काईराखेको छ ?

–त्यो बेग्लै हो ।

ताजा अपडेट

खोजी गर्नुहोस