आज सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पुजा आराधना ?

आज सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पुजा आराधना ?

भाद्र ३१, काठमाडौँ । आज २०८१ साल भदौ ३१ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर १६ तारिख । भाद्र शुल्क पक्षको त्रयोदशी तिथि । विश्व ओजन तह बचाऊ दिवस ।
हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ ।

ताजा अपडेट

खोजी गर्नुहोस