के तपाईं विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? थाहा पाउनुस् सोमबारको सटही दर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र ३१, सोमबार (७ महिना अघि)
  • ८५ पटक पढिएको
के तपाईं विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? थाहा पाउनुस् सोमबारको सटही दर

भाद्र ३१, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ ।
आज अमेरिकी डलरसहित केही विदेशी मुद्राको विनियमदर हिजो अस्तीकै यथावत छ ।

युरोको मूल्य थोरै घटेको छ भने पाउन्ड, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनारसहितका केही विदेशी मुद्रा भने महँगिएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा छ। हिजो र पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०१ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ । हिजो युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ १६ पैसा थियो ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९० रुपैयाँ १८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९० रुपैयाँ ०५ पैसा थियो । राष्ट्र बैंकका अनुसार आजको लागि साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा कायम भएको छ । हिजो पनि साउदी रियाल यही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम भएको छ। हिजो पनि कतारी रियाल यही मूल्यमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस