त्रिकोणात्मक सिरिज : नेपालले आज क्यानडाविरुद्ध खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ भाद्र ३१, सोमबार (७ महिना अघि)
  • ७४ पटक पढिएको
त्रिकोणात्मक सिरिज : नेपालले आज क्यानडाविरुद्ध खेल्दै

भाद्र ३१, काठमाण्डौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिजअन्तर्गत आज पहिलो खेल खेल्दै छ ।

नेपालले आज आयोजक क्यानडाविरुद्ध सिरिजको पहिलो खेल खेल्न लागेको हो । यो खेल नेपाली समयअनुसार राति ७ः४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदैछ ।

क्यानले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस