सुनचाँदी

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र ३१, सोमबार (७ महिना अघि)
  • ७८ पटक पढिएको
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोवार ?

भाद्र ३१, काठमाडौँ । सोमबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । विगत तीन दिनदेखि सुनको मूल्यमा लगातार नयाँ रेकर्ड बनिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा यो ५ सय रुपैयाँ बढी हो । आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अमेरिकी केन्द्रीय बैंक फेडले ब्याजदर घटाउने चर्चापछि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि सोमबार तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी यस दिन १९१५ रुपैयाँ पुगेको छ ।

#सुनचाँदी

ताजा अपडेट

खोजी गर्नुहोस