फागुन २९, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि लिएको विशेष परीक्षामा सहभागी चिकित्साशास्त्रमा एमडी/एमडिएस उत्तीर्ण १५० डाक्टरमध्ये ११० जना फेल भएका छन्।
चीनबाट पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका हुन्। नेपालमा चिकित्सकीय अभ्यासका लागि अनुमति प्रदान गर्न लिइने विशेष परीक्षामा उनीहरु उत्तीर्ण हुन नसकेका हुन्। काउन्सिलले चीनको सरकारी विश्वविद्यालयमा समस्या नरहे पनि निजीमा डाक्टरी पढाइका लागि विद्यार्थी नपठाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई सुझाव दिएको छ।