असोज ४, काठमाडौँ । गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट डेढ वर्षको अवधिमा एक करोडभन्दा बढी तलबमात्रै बुझेको खुलासा भएको छ । सहरकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदनले लामिछानेले दुई आर्थिक वर्षमा एक करोड चार लाख ३६ हजार रुपैयाँ तलब बुझेको देखिएको हो ।
आर्थिक वर्ष २०७७र७८मा लामिछानेको गोर्खा मिडियाबाट ३० लाख रुपैयाँ तलब बुझेका थिए । आर्थिक वर्ष २०७८र७९ मा ७४ लाख ३६ हजार ५८७ रुपैयाँ लिएका थिए । उनले २०७७ माघ १ देखि ०७९ असार असार गतेसम्म गोर्खा मिडियामा आबद्ध भई काम गरेका थिए । यस अवधिमा उनले मासिक करिब ६ लाख २० हजार रुपैयाँ तलब बुझेको देखिएको हो ।
मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई जीबी राईले आर्थिक वर्ष २०७८र७९ मा ३० लाख रुपैयाँ तलब लिएको देखिएको छ । गोर्खा मिडियाले सञ्चालन हुँदा करिब १५ करोड रुपैयाँ तलबमा मात्रै खर्च भएको देखिएको छ । गोर्खा मिडियाका लागि विभिन्न सहकारीबाट अवैध रुपमा रकम आउने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
हाल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापतिसमेत रहेका लामछानेमाथि कारवाही गर्न संसदीय समतिको प्रतिवेदनमा सिफारिस भएको छ । उनी पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत हुन् ।