सहकारी बचत रकम अपचलन प्रकरण

आत्तिए रवि ! कार्यकर्तालाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ आश्विन ६, आईतबार (६ महिना अघि)
  • ११४ पटक पढिएको
आत्तिए रवि ! कार्यकर्तालाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर

असोज ६,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा सन्देशमार्फत तुरुन्त पार्टी कार्यालयमा आउन आग्रह गरिएको एक कार्यकर्ताले जानकारी दिए ।

सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी पक्राउ परेपछि लामिछाने आत्तिएका छन् ।

सर्कुलरसँगै पार्टी मुख्यालयमा भिडभाड बढ्न थालेको छ । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भित्र्याएका रवि लामिछानेसहितलाई कारबाहीको सिफारिस गरेको छ ।

पूर्वगृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अपचलन भएको सहकारी छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु ९जीबी० राई, लामिछाने र जोशी व्यापारिक साझेदार हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस