विपक्षीको पोस्टमा ७ गोल, समग्रमा १०–२ को जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन २९, बुधबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुन २९, काठमाडौँ । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा एफसी शाल्केलाई ७–० ले हराउँदै समग्रमा १०–२ को जितसहित पेप गार्डिवलाको टिम सिटीले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

पहिलो लेगमा सिटीले ३–२ को जित निकालेको थियो । घरेलु मैदान मंगलबार राति भएको दोस्रो लेगमा सिटीका लागि सर्जियो अग्युरोले दुई गोल गरे भने लिरोय साने, रहिम स्ट्रर्लिङ, बनार्डो सिल्भा, डिएगो फोडिन र गाब्रिएल जिससले एक एक गोल गरे ।

अग्युरोले ३५ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । उनले ३८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । सानेले ४२ औँ मिनेटमा गोल गर्दै पहिलो हाफमा ३–० को अग्रता दिलाए ।

दोस्रो हाफमा थप चार गोल भयो । स्ट्रर्लिङले ५६ औँ, सिल्भाले ७१ औँ, फोडिनले ७८ औँ तथा जिससले ८४ औँ मिनेटमा गोल गरेपछि सिटीले ७–० को जित निश्चित गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस