सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन ७, सोमबार (७ महिना अघि)
  • ६२ पटक पढिएको
सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

असोज ७, काठमाडौँ ।  सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश दिने भएको हो ।

सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०-८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

अब उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।

ताजा अपडेट

खोजी गर्नुहोस