सुनको भाउले अर्को कीर्तिमान बनायो ! आज प्रतितोला कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन ८, मंगलबार (६ महिना अघि)
  • १४४ पटक पढिएको
सुनको भाउले अर्को कीर्तिमान बनायो ! आज प्रतितोला कति पुग्यो ?

असोज ८,काठमाडौँ । सुनको भाउले आज अर्को कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ थियो । सुनको भाउले पछिल्ला केही दिनदेखि लगातार नयाँ रेर्कड बनाउँदै आएको छ ।

त्यस्तै आज चाँदीको भाउ भने पाँच रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो भने चाँदीको भाउमा घटबढ भएको थिएन । हिजो चाँदीको भाउ अस्तिको जस्तै तोलाको एक हजार नौ सय २० रुपैयाँमा नै कायम रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस