कोशी सरकार

कोशी सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ८, मंगलबार (६ महिना अघि)
  • ७६ पटक पढिएको
कोशी सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने

असोज ८, काठमाण्डौँ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनैतिक तथा प्रशासनिक समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लिला बल्लभ अधिकारीको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति मन्त्रिपरिषद्स्तरीय समिति गठन गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले जानकारी दिए ।

#कोशी सरकार

ताजा अपडेट

खोजी गर्नुहोस