नाउपाको अन्तरिक विवाद मिल्यो ! रञ्जिता र रेशमको हस्ताक्षरमा आयो विज्ञप्ती

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ८, मंगलबार (६ महिना अघि)
  • २४ पटक पढिएको
नाउपाको अन्तरिक विवाद मिल्यो ! रञ्जिता र रेशमको हस्ताक्षरमा आयो विज्ञप्ती

असोज ८,काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अन्तरिक विवाद समाधान भएको छ । यससँगै महाधिवेशनबाट निर्वाचित र पुरानो केन्द्रीय समितिको संयुक्त बैठक असोज १८ र १९ गते बैठक बोलाइएको छ ।

संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र महाधिवेशनबाट निर्वाचित अध्यक्ष रेशमलाल चौधरीबीच विवाद चर्किएपछि लामो समयदेखि बैठक नै बस्न सकेको थिएन । रेशम र रञ्जिता श्रीमान श्रीमती हुन् ।

नेताहरुका अनुसार सोमबार ७ भदौमा दुबै जनाबीच सहमति भयो । लगत्तै संयुक्त बैठक बोलाइएको सूचनामा ‘‘आपसी मतभेदलाई मत्थर पारी हामी भएका हौं र एक रहने छौं’, भन्ने सन्देशसहित रेशम र रञ्जिता दुबैले हस्ताक्षर गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस