श्रीलङ्काका नयाँ वामपन्थी राष्ट्रपति दिसानायकेले गरे मन्त्रीमण्डल गठन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ आश्विन ९, बुधबार (६ महिना अघि)
  • ७० पटक पढिएको
श्रीलङ्काका नयाँ वामपन्थी राष्ट्रपति दिसानायकेले गरे मन्त्रीमण्डल गठन

असोज ९,काठमाडौँ । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत २०,७५,००० साधारण शेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त साधारण शेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

२०८१ असोज ६ गते हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाईने हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका अध्यक्ष शेखर गोल्छाले जानकारी गराएका छन् ।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गैर–बैंकिङ्ग वित्तीय कम्पनी हो । यस कम्पनीले सन् २०१२ देखि ग्राहकहरुलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।

श्रीलङ्काका नयाँ वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मन्त्रीमण्डल गठन गरेका छन् । राष्ट्रपति दिसानायकेले ठूलो जीत हासिल गरेपछि पदभार ग्रहण गरे लगत्तै नयाँ मन्त्रीमण्डल गठन गरेका हुन् ।

श्रीलङ्काको २ सय २५ सदस्यीय संसदमा अहिले उनको पार्टी नेशनल पीपुल्स पावर (एनपीपी) गठबन्धनको तर्फबाट जम्मा तीन जना सांसद छन् । तर सन् २०२२ को आर्थिक मन्दीले श्रीलङ्काका लाखौँ नागरिकलाई प्रभावित पारेको र आईएमएफको उद्धार योजनाको पीडादायी कार्यान्वयनपछि उनिप्रतिको समर्थन बढेको थियो ।

आर्थिक सङ्कटको समना गरिरहेको श्रीलङ्काका लागि ५४ वर्षीया सांसद हरिनी अमरसुरिया न्याय, शिक्षा, स्वास्थ्य र श्रमको अतिरिक्त विभागसहित प्रधानमन्त्रीको रूपमा नियुक्त हुनुभएको बीबीसीले जनाएको छ ।

चार वर्षअघि पहिलोपटक संसदमा निर्वाचित अमरसुरिया लैङ्गिक समानता र अल्पसङ्ख्यक अधिकारका मुद्दाहरूमा सक्रियताका लागि परिचित छिन् । श्रीलङ्कामा महिला प्रधानमन्त्री चयन भएको यो तेस्रो पटक हो ।

उनि र बाँकी दुई जेभीपीका सांसदले सबै मन्त्रीका जिम्मेवारी बहन गर्ने र संसद विघटन भएपछि कार्यवाहक मन्त्रीको रूपमा पनि काम गर्ने बीबीसीको खबरमा उल्लेख छ । आफ्नो कार्यकालमा श्रीलङ्काको इतिहासमा सबैभन्दा सानो मन्त्रीमण्डल हुने राष्ट्रपति दिसानायकेले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस