सामोआका प्रधानमन्त्री माताफा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ आश्विन ९, बुधबार (६ महिना अघि)
  • ६१ पटक पढिएको
सामोआका प्रधानमन्त्री माताफा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

असोज ९,काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भेटवार्ता र विभिन्न कार्यक्रममा व्यस्त छन् ।

गएराति सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफा र ओलीबीच भेटवार्ता भएको छ । उनिहरुबीच राष्ट्रसङ्घका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो । त्यस्तै फिनल्यान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबसँग राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले २६ सेप्टेम्बर (अमेरिकी समयअनुसार असोज १०) मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले महासभालगायतका मञ्चहरूमा नेपालको संविधान, पञ्चशीलमा आधारित विदेश नीति, नेपालको सङ्क्रमणकालीन न्याय तथा जलवायु परिवर्तन, हिमालका मुद्दालाई प्राथमिकताका साथ राख्नेछन् ।

भोलि अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । त्यसअघि प्रधानमन्त्री ओलीले अस्ति सोमवार कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गरे ।

त्यस्तै न्यूयोर्कमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय वार्ता भएको थियो । मोदीसँगको भेटवार्ता अघि कुवेतका राजकुमार शेख सबाह अल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग पनि कुराकानी भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस