सुडानमा हैजाको महामारी

सुडानमा हैजाका कारण मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १०, बिहिबार (६ महिना अघि)
  • ५६ पटक पढिएको
सुडानमा हैजाका कारण मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

असोज १०, काठमाडौँ । सुडानमा हैजाका कारण ज्यान गुमाउनेको सङ्ख्या चार सय नाघेको छ ।
हैजा प्रकोपका कारण झन्डै १४ हजार मानिस बिरामी भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गर्भवती र बालबालिका सबैभन्दा धेरै प्रभावित भएकामा हैजाका कारण जनवरीदेखि अगस्टको बीचमा एक सय १४ गर्भवतीको ज्यान गएको रिपोर्ट सार्वजनिक भएको छ ।

देशमा गृहयुद्ध चरिरहेकाले हैजामुक्त गर्न प्रयास गरे पनि सफल नभएको मन्त्रालयको भनाइ छ । युद्धसँगै ठूलो वर्षा, बाढी र विस्थापित शिविरमा भीडभाडका कारण हैजाका बिरामी बढेका खबरमा उल्लेख छ ।

रोग फैलिन नदिन धेरै ठाउँमा विद्यालय र बजार बन्द छन् । गएको वर्षदेखि अहिलेसम्म यो द्वन्द्वमा डेढ लाख मानिसने ज्यान गुमाएका बीबीसी हिन्दीले जनाएको छ ।

#सुडानमा हैजाको महामारी

ताजा अपडेट

खोजी गर्नुहोस