असोज १०, काठमाण्डौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइनई कमर्स प्लेटफर्म दराज केयमु प्रा.लि. बिच बैंकमानिक्षेप खाता रहेका ग्राहकहरुलाई दराजको अनलाईन पोर्टल मार्फत सामानखरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसंग साझेदारीलाई निरन्तरता दिएको छ । बैंकका निक्षेपकर्ताहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा १० प्रतिशत वा अधिकतम रु १,५ सयसम्म छुट हुने र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतमरु २ हजार बराबरकोे छुट प्राप्तगर्न सकिनेछ ।