भारतको बिहार राज्यमा जितिया मनाउने क्रममा ४६ जनाको डुबेर मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८१ आश्विन ११, शुक्रबार (६ महिना अघि)
  • ८६ पटक पढिएको
भारतको बिहार राज्यमा जितिया मनाउने क्रममा ४६ जनाको डुबेर मृत्यु

असोज ११, काठमाडौँ । भारतको बिहार राज्यमा जितिया मनाउने क्रममा ४६ जनाको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३७ जना बालबालिका रहेका छन् । बिहारको विपद् व्यवस्थापन विभागका अनुसार हालैको बाढीका कारण नदी र पोखरीमा धार्मिक स्नान गर्दा बिहार राज्यमा छुट्टाछुट्टै घटनामा उनीहरू डुबेका थिए ।

राज्यका १५ जिल्लामा मङ्गलबारदेखि डुबेर यी घटना भएका थिए । त्यहाँ भक्तजनहरूले आफ्ना बालबालिकाको कल्याणका लागि आमाहरूले मनाउने हिन्दू चाड जितिया पर्व मनाइरहेका थिए । अधिकारीहरूका अनुसार उनीहरूले अझै अन्य तीन शव निकाल्न प्रयास गरिरहेका छन् । जितिया पर्व केही दिनसम्म चल्छ र यो छिमेकी उत्तर प्रदेश र झारखण्ड राज्यका साथै नेपालको तराईका केही क्षेत्रमा पनि मनाइन्छ ।

बिहार राज्य सरकारले प्रत्येक पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस