युनाइटेड सिमेन्टद्धारा धादिङ धुनिवेशीको बाराहिदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण

युनाइटेड सिमेन्टद्धारा धादिङ धुनिवेशीको बाराहिदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण

असोज ११, धुनिवेशी । युनाइटेड सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धुनिवेशी नगरपालिका अन्तर्गत पर्ने बराहिदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण
गरेको छ । यो कार्यक्रम विद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्न र विद्यार्थीहरूलाई पठनपाठनमा उत्साहित गर्न आयोजित गरिएको थियो। युनाइटेड सिमेन्ट लिमिटेडले स्थानीय समुदायसँगको सहकार्यलाई बलियो बनाउने उद्देश्यले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

यस अवसरमा कम्पनीका महा प्रबन्धक हरि उप्रेतीले“हामी आफ्नो व्यवसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई पनि समान महत्व दिन्छौं। यस प्रकारका सहयोगले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नेछ र शिक्षामा थप प्रगति गर्न प्रेरित गर्नेछ । “धुनिबेशी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यले युनाइटेड सिमेन्ट लिमिटेडलाई धन्यवाद व्यक्त गर्दै भने, “विद्यार्थीहरूको शैक्षिक प्रगतिको लागि यस्तो सहयोग अत्यन्त महत्वपूर्ण हुनेछ र यसले विद्यार्थीहरूमा थप उत्साह र लगाव उत्पन्न गराउनेछ ।“ युनाइटेड सिमेन्ट लिमिटेडले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्दै जाने
प्रतिबद्धता व्यक्त गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस