नख्खुखोलाले बगाएका दुईजनालाई उद्धार गर्ने सहासी चणिकलाल !

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ आश्विन १२, शनिबार (६ महिना अघि)
  • ३२४ पटक पढिएको
नख्खुखोलाले बगाएका दुईजनालाई उद्धार गर्ने सहासी चणिकलाल !

असोज १२,काठमाडौँ । तेमाल गाउँपालिका–९ काभ्रेका बासिन्दा चणिकलाल पेन्टर तामाङ हुन् । ललितपुर महानगरपालिका–२५ सुगम बस्ती टोल बस्दै आएका छन् । उनी आज रियल हिरो सावित भएका छन् ।
व्यापक भाईरल भैरहेको ३नख्खु खोलाले घेरिएका जस्ताको टहराको छानाबाट गुहार-गुहार गरिरहेका रौतहटका ती चारैजना निसहाय भएर नख्खुको बाढीमा बग्न थाले ।

त्यही बेला फुत्त खोलामा हाम फाले चणिकलाल । टहराको छानाबाट ३ सय मिटर बगेका चार जनामध्ये दुई जनालाई चणिकलाल एक्लैले सकुशल उद्दार गर्न सफल भए ।

राजु आफ्नी छोरी मेघनालाई च्यापेर पौडिँदै गरेका बेला चणिकलालले निकालेका थिए । अर्का एक जना आफैं पौडिएर निस्केका थिए । ४ वर्षीय बच्चा भने बेपत्ता छन् ।

रौतहट घर भई ललितपुरको सुगम बस्ती टोल बस्दै आएका ४३ वर्षीय राजु साह, उनकी छोरी ६ वर्षीया मेघना साह, राजुका भाइ २२ वर्षीय राज साह, राजकै छोरी करिब ४ वर्षीया शेर्तु साह आफ्नो ज्यान जोगाउन जस्ताको टहरोमाथि चढेका थिए । जस्ताको टहरोमा ग्रिल कारखाना र कवाड सामान राख्ने गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस