असोज १२,काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहलाई समाप्त नपारेसम्म लेबनानमा आक्रमण नरोक्ने चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै नेतान्याहुले लेबनानमा आक्रमण नरोक्ने र युद्धविराम पनि नहुने स्पष्ट पारेका हुन् ।
इजरायलले अहिले क्रुर शत्रुहरुको सामना गरिरहेको र देशलाई उनीहरुबाट बचाउन आक्रमण गर्नुपरेको नेतान्याहुको जिकिर छ । हिजबुल्लाह लगायत वरपरका आतङ्ककारी सङ्गठन र केही देशले इजरायलीलाई मात्र नभई इजरायलको सभ्यता नै नष्ट गर्न खोजेको आरोप लगाउँदै उनले उनीहरुलाई समाप्त पार्ने उदेश्य पूरा नभएसम्म युद्ध नरोक्ने बताएका हुन्।
सम्बोधनको आधा समय इरानलाई गाली गर्न खर्च गरेका नेतान्याहुले यदि इरानले इजरायलको विनाश चाहन्छ भने इरानको विनाशलाई पनि कसैले रोक्न नसक्ने चेतावनी दिए । इरानमा आक्रमण गर्नु इराजयलको लागि कुनै ठूलो कुरा नभएको भन्दै उनले अहिलेसम्मको धैर्यतालाई कमजोर नठान्न चेतावनी दिए ।
इजरायलले गएको हप्तादेखि लेबनानमा आक्रमण तीव्र बनाउँदा एकै हप्तामा ६ सय जना भन्दा धेरैको ज्यान गएको छ । अहिले पनि लेबनानको राजधानी बेरुतमा ठूला आक्रमण भइरहेका छन् ।