प्रतिबन्धपछि विप्लव समूहको पहिलो बन्द, सार्वजनिक यातायात प्रभावित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ फागुन ३०, बिहिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन ३०, काठमाडौँ । सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आह्वान गरेको बन्दका कारण काठमाडौँ उपत्यकासहित देशभर सार्वजनिक यातायात सञ्चानलमा समस्या देखिएको छ ।

बन्दको प्रभाव केही मात्रामा देखिएको छ । बिहीबार बिहानैदेखि सार्वजनिक सवारी साधान कम चलेका छन् । मोटरसाइकल तथा निजी गाडी केही चले पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई समस्या भएको छ ।

नेकपाको नेपाल बन्दलाई ध्यानमा राखेर देशभरको सुरक्षा व्यवस्था कडा पारिएको सरकारले जनाएको छ । बन्दमा हुने सक्ने घटनालाई ध्यान दिएर सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदीले जानकारी दिएका छन् ।

सरकारले दमन गर्न थालेको भन्दै विप्लव समूहले बिहीबारका लागि नेपाल बन्द आह्वान गरेको हो । बन्दको प्रभाव शैक्षिक संस्थामा पनि परेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस