नेशनल लाईफले गर्याे गण्डकी प्रदेशका अभिकर्ताहरुलाई सम्मान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ आश्विन १३, आईतबार (६ महिना अघि)
  • ८३ पटक पढिएको
नेशनल लाईफले गर्याे गण्डकी प्रदेशका अभिकर्ताहरुलाई सम्मान

असोज १३, काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले पोखराको होटल ल्याण्डमार्कमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८०÷८१ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य हुनु भएका २२५ जना भन्दा बढि अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्नुहुँदै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा गण्डकी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो भने सो प्रदेश बाट आफ्नो कोडमा र संजलमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस