एमाले सचिवालय बैठकको निर्णय: बाढी पहिरो प्रभावितका लागि ५० लाख रुपैयाँ सहयोग

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ आश्विन १५, मंगलबार (६ महिना अघि)
  • ६३ पटक पढिएको
एमाले सचिवालय बैठकको निर्णय: बाढी पहिरो प्रभावितका लागि ५० लाख रुपैयाँ सहयोग

असोज १५,काठमाडौँ । नेकपा एमालेले बाढी पहिरो प्रभावितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

मंगलबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट ५० लाख रुपैयाँसहित सांसदहरूले १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।

‘एमालेले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने र सांसदहरूको १५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने निर्णय भएको छ’, नेता गुरुङको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस