असाेज १६, काठमाडौं । पाकिस्तानी क्रिकेट टिमको कप्तान बाबर आजमले पदबाट राजीनामा दिएका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । उनले परिवार र आफ्नो खेलमा समय दिनका लागि कप्तानबाट राजीनामा दिएको बताएका छन् ।
‘टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो । तर अब मैले पद छाड्दै आफ्नो खेलमा ध्यान केन्द्रित गर्ने समय आएको छ,’उनले लेखेका छन् ।