विप्लवलाई झड्का : जनसत्ता प्रमुख खत्रीले नै त्यागे पार्टी !

Post Thumbnail

फागुन ३०,ओखलढुंगा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जनसत्ता प्रमुख तथा किराँत सभाका सभामुख बोझबहादुर खत्रीले पार्टी त्याग गरेको घोषणा गरेका छन ।

सदरमुकाम ओखलढुंगामा बिहीबार पत्रकार सम्मेलन गरेर खत्रीले पार्टीसँग सम्बन्ध विच्छेद गरेको घोषणा गरेका हुन ।

पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएपछि विप्लवले आयोजना गरेको बन्दकै दिन खत्रीले पत्रकार सम्मेलन गरेर पार्टीसँग आबद्ध नरहेको जनाएका हुन । अब आफू मानवअधिकारकर्मी बनेर उत्पीडितको पक्षमा काम गर्ने समेत खत्रीले जानकारी दिए ।

खत्रीले पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा अस्पष्ट रहेको बताउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने बताए। उनले पत्रकार सम्मेलनमा भने, ‘मुख्य कुरा कार्यदिशा प्रष्ट नभएको र बहुदलीय पद्धतिलाई स्वीकार गर्नुको विकल्प नभएकाले मैले पार्टीसँगको सम्बन्ध विच्छेद गरेको हूँ ।’ खत्रीले स्थानीय तथा संसदीय निर्वाचनमा सहयोग गर्दै पार्टीबाट टाढा रहँदै आएको समेत दाबी गरेका छन । आफू विप्लवसँग पहिलेबाटै टाढा बन्दै गए पनि केहीमा भ्रम रहेको पाइएकाले औपचारिक रुपमा घोषणा गरेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस