सांसद शेरबहादुर तामाङविरुद्ध कारण देखाउ आदेश

फागुन ३०,काठमाडौँ । उच्च अदालत पाटनले प्रतिनिधसभाका सांसद शेरबहादुर तामाङविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा पूर्व कानुनमन्त्री समेत रहेका तामाङले सांसद विकास कोषको रकम दुरुपयोग गरेको र सूचना माग गर्दा लुकाएकाले उहाँमाथि पत्रकार निरोज चौलागाँईले उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए ।

सूचना किन लुकाइएको तथा लुकाउनु पर्ने कारण भए त्यो खुलाइ १५ दिनभित्र जवाफ पेश गर्न उच्च अदालत पाटनले आदेश जारी गरेको हो ।

न्यायाधीश नरेन्द्रकुमार शिवाकोटीको एकल इजलासले सूचना लुकाउने तामाङलाई समेत अदालतमा उपस्थित हुन पनि आदेश दिएको छ ।

सांसद तामाङले नियमविपरीत सांसद विकास कोषको बजेट वितरण गरेको भेटिएकाले त्यसको यथार्थ विवरण माग गर्दा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ र जिल्ला समन्वय समितिका सूचना अधिकारी युगबहादुर खड्काले समेत सूचना नदिएको पत्रकार चौलागाईँले बताए ।

सांसद विकास कोषको बजेटबाट २० वटाभन्दा बढी योजनामा रकम वितरण गर्न नपाउने भए पनि सांसद तामाङले २९ वटा योजनाको लागि बजेट विनियोजन गरेको भेटिएको थियो ।

नियमअनुसार सांसदले खर्च गर्न पाउने कार्य क्षेत्रबाहिर हुनेगरी २९ वटा योजनाको लागि बजेट विनियोजन गरेको र सूचना दिन हेलचेक्र्याँइ गरेकाले अदालतसम्म जानु परेको चौलागाँई बताउछन ।

निवेदकको तर्फबाट अधिवक्ताहरु शम्भूनाथ योगी र योगेन्द्र अधिकारीले बहस गरिरहेका छन ।

संम्बन्धित समचार

Leave a Reply